४ कार्तिक २०८३, बुधबार

अफगानिस्तानसँग नेपाल पराजित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । भारतमा जारी चौकोणीय यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको हो । यससँगै नेपाल चौथोस्थानमा रहन बाध्य भयो ।

अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभरमा १७३ रनमै अलआउट भयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४४ रन बनाएको थियो । अफगानिस्तानको लागि रियाज हसनले उत्कृष्ट पारी खेले । उनले अनआउट ११७ रन बनाए । त्यस्तै बसीर खान सिरले ३२ रन बनाउँदा आरिफ खानले २४ रनको योगदान गरे । ‍

नेपालका लागि सागर ढकाल, संसद आलम र पवन शर्राफले समान २/२ विकेट लिए ।

सिरिज भने भारतको ‘बि’ टिमको नाममा रह्यो ।