२ कार्तिक २०८३, सोमबार

नेप्सेमा सामान्य सुधार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । सोमबार थामिएको सेयर बजार सामान्य अङ्कले मात्रै वृद्धि भएको हो । सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ । सामान्य बिन्दुले बढेको बजारमा कारोवार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ । कूल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शेयर रू ४५ करोड ८६ लाख ९५ हजार ९१७ मूल्यमा खरीद बिक्री भएको छ ।

बैङ्किङ २ दशमलब १३, होटल २५ दशमलब ९३ र फाइनान्स उपसमूहको १ दशमलब ८५ बिन्दुले घट्दा विकास बैंक १ दशमलब ७१, जलविद्युत् ४२ दशमलब १२, निर्जीवन बीमा ४२ दशमलब १२, उत्पादन ८ दशमलब १२, अन्य २ दशमलब ४२, माइक्रो फाइनान्स ९ दशमलब ४५ र जीवन बीमा १९ दशमलब ६१ बिन्दुले बढेको छ । -रासस