
काठमाडौं, २ असोज । एसिया कप क्रिकेटको समूह चरणबाटै श्रीलंका बाहिरिएको छ ।
युएईमा सोमबार राति खेलमा अफगानिस्तानसँग पराजित भएपछि श्रीलंका समूह चरणबाटै बाहिरिएको हो । अफगानिस्तानसँग श्रीलंका ९१ रनले पराजित भएको थियो । जितसँगै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाका लागि उपुल थरंगाले ३६ तथा थिसरा परेराले २८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले खेल रन बनाउन सकेनन् ।
श्रीलंकाको ब्याटिङ लाइनप ध्वस्त पार्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान, गुल्बदीन नाइब, मोहमद नाबी र राशिद खानले समान २/२ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४९ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत साहले उत्कृष्ट पारी खेले । उनले ७२ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै इशानउल्लाह जनतले ४५ रन बनाए ।















प्रतिक्रिया