२१ कार्तिक २०८३, शनिबार

कुटपिट गरी फरार भएका दुई अभियुक्त पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साँखु, २ असोज । फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन् । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ । –रासस