२१ कार्तिक २०८३, शनिबार

एक हप्ता भित्र स्थानीय तहमा कार्यालय खोल्न भन्यो जिससले

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । जिल्लामा खारेजीमा परेका सिन्धुपाल्चोकका सरकारी कार्यालयहरुले स्थानीय तहमा जान एक हप्ताको समय पाएका छन् । जिल्लाबाट खारेजी भएका कार्यालयहरुलाई एक हप्ता भित्र स्थानीय तहमा जान सोमबार जिल्ला समन्वय समितले निर्देशन दिएको हो ।

समितिको सोमबार विस्तारित बैठक बसेको हो । खारेज भएका कार्यालयहरुले साताभित्र चित्त बुझ्दो जवाफ नदिए सबै कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सरकारको निर्णय कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको बताए ।

सरकारले जिल्लामा रहेका शिक्षा, स्वास्थ्य, कृषि, पशु, जिल्ला प्राविधिक कार्यालय, वन, शान्ति समिति, भू(संरक्षण, घरेलु महिला, सिञ्चाई, खानेपानी, शहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला खेलकुद विकास समितिलगायत सरकारी कार्यालयहरु जिल्लाबाट खारेज गर्ने निर्णय गरेको थियो ।