२ कार्तिक २०८३, सोमबार

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । मेरो सुरक्षा प्रा. लि. र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्बन्धी सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यसअघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं ।’ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले भने ।

‘कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले भने ।

मोबाइलप्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सुरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राही माझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको छ ।

सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए । मोबाइल फुट्ने, हराउने वा चोरी हुने, जस्ता समस्या समाधानका लागि मेरो सुरक्षाको प्रोटेक्सन प्लानले दिने बीमा योजना उत्तम विकल्प हुने हमालको भनाइ थियो ।