२१ कार्तिक २०८३, शनिबार

समुदाय–प्रहरी साझेदारी अवधारणा सम्बन्धी एकदिने अनुशिक्षण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , १ असोज । समुदाय–प्रहरी साझेदारी अवधारणा सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सोमबार एकदिने अनुशिक्षण एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधका गतिविधि नियन्त्रण गर्न सामुदायिक प्रहरीको भूमिका उल्लेखनीय हुने बताए । उनले आगामी दिनमा देखा पर्न सक्ने चुनौतिको पहिचान गरी त्यस्ता चुनौतिको सामना गर्न कार्य योजना बनाई अगाडि बढ्नु पर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले निकट भविष्यमा समुदाय(प्रहरी साझेदारीताको अवधारणा कार्यान्वयन र विद्यालयहरुमा सामुदायिक सुरक्षा सम्बन्धी पाठ्यक्रम संचालन गर्ने योजना अनुरुप अनुशिक्षण संचालन गरिएको बताए ।

अनुशिक्षणमा प्रहरी वरिष्ठ उपरीक्षक ४, प्रहरी उपरीक्षक ३, प्रहरी नायव उपरीक्षक १७ र प्रहरी निरीक्षक ९ गरी कुल ३३ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।