२१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सुरक्षा नीति संशोधन गर्न समिति बन्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ असोज । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय पुर्नसंरचना हुने भएको छ । परिषदका अध्यक्ष एवं प्रधानमन्त्री के.पी.शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा बसेको सुरक्षा परिषद्को बैठकले परिषद् सुदृढिकरण गर्न सचिवालयको पुर्नसंरचना गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधिहरू र विज्ञहरू सम्मिलित गरी राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधनको प्रस्ताव तयार गर्न समिति गठन गर्ने पनि निर्णय भएको छ ।

नेपालको ‘राष्ट्रिय सुरक्षा र हित’ विषयमा एक दिवसीय गोष्ठी संचालन गर्ने निर्णय समेत सोमबारको बैठकले गरेको छ ।