२ कार्तिक २०८३, सोमबार

सुजुकी जेन्युइन पार्ट्सको नयाँ आउटलेट बाफलमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ असोज । सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको डिलर एभ मोटर्सले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको छ । काठमाडौंको बाफलमा माँ सन्तोषी अटो पार्ट्सको नाममा सो आउटलेट खुलेको हो ।

एक्त आउटलेटको सोमबार एक कार्यक्रमकाबीच सीजी होल्डिङ्सका नायब महाप्रबन्धक श्यामबहादुर श्रेष्ठले सो आउटलेटको उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले सुजुकीका कुनै पनि सवारी साधनमा जेन्युइन पार्ट्स प्रयोग गरेमा सवारी साधनको आयु लामो हुने, यात्रा सुरक्षित रहने र पर्फमेन्स उत्कृष्ट हुने भएकाले सके सम्म सवारी साधनमा जेन्युइन पार्ट्स नै प्रयोग गर्नु पर्ने बताए ।

सीआरओ शुभारम्भको अवसरमा एक महिना सम्म पार्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइने माँ सन्तोषी अटो पार्ट्सका सञ्चालक राज सुवेदीले जानकारी दिए ।

माँ सन्तोषी अटो पार्ट्स एभ मोटर्स अन्तर्गतको दोस्रो रिटेल आउटलेट हो । यो भन्दा पहिले सुकेधारामा एभ मोटर्सले आफ्नै आउटलेट सञ्चालन गरिरहेको छ । एभ मोटर्स सुजुकी जेन्युइन पार्ट्सको उपत्यकाका लागि आधिकारिक डिलर हो ।