
काठमाडौँ, १ असोज । एनआईसी एशिया बैंकले दशै तिहार, छठको उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरेको छ ।
रेमिट रकम ग्राहकले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउन्टर, १८ वटा शाखा रहित बैंकिङ ईकाई एवं ६ हजार ५ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागिरहने छ । योे समयमा ग्राहकहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ ।
बैंकले आजदेखि आउँदो मङ्सिर २९ सम्म एनआईसी रेमिटमार्फत रकम पठाउने आफ्ना ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।
बैंकको मुलुकभर २४६ शाखा कार्यालयहरु, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. १९२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६२ अर्ब तथा कर्जा रू. १३४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १२ लाखभन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।















प्रतिक्रिया