११ कार्तिक २०८३, बुधबार

साबुन उद्योगमा भएको आगलागीबाट क्षति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १ असोज । वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा सोमबार आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ ।

बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

उद्योगमा लागेको आगो वीरगञ्ज महानगरपालिका, पोखरी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज, कलैया नगरपालिका र सिमरा विमानस्थलको बारुणयन्त्रद्वारा आगो निभाइएको हो । आगलागीको कारण तथा क्षतिबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस