
काठमाडौं, १ असोज । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।
भदौ ३० गते स्थानीय समयअनुसार बिहान साढे आठ बजे ती सैनिक जवानको गोडामा गोली लागेर घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गोली लागेर घाइते भएका सैनिक जवानको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको नाम खुलाइएको छैन ।
दक्षिणी सुडानको एइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पेट्रोलिङ फर्कने क्रममा गोली लागेको थियो । जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भईरहेको छ ।
नेपाली सेनाका जवानलाई गोली दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मीले हानेका थिए ।















प्रतिक्रिया