काठमाडौं, १ असोज । नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटनाएको छ । टेलिकमले असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटाएको हो ।
यसअघि उलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुनेछ ।
टेलिकमका अनुसार हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वतः ५१२ केबीपीएसमा अपग्रेड हुनेछ । नयाँ महसुल दर पनि त्यही मितिदेखि लागू हुने टेलिकमले जनाएको छ ।
५१२ केबीपीएसको महसुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएसभन्दा माथिको महसुल दर प्रतिएमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको टेलिकमले जनाएको छ । यसमा कर भने जोडिएको छैन ।
असोज १ देखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्समा अनलिमिटेड डाटा प्याकेजसहित विभिन्न प्याकेज उपलब्ध गराइनेछ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन । भोल्युम बेस्ड प्याकेजमा थप कर लाग्ने छ ।
व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज एक हजार रुपैयाँमा उपलब्ध गराइनेछ ।
२ एमबीपीएससम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइनेछ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइनेछ ।
१ वर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
टेलिकमले वाइम्याक्सका लागि आवश्यक डिभाइस यूएसबी डोंगलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराउने भएको छ । यस अनुसार १ वर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने भएको छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइनेछ ।















प्रतिक्रिया