लण्डन, १ असोज । वेष्ट ह्यामले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा लगातारको हारको शृङ्खलामा ब्रेक लगाएको छ ।
सुरुका चार खेलमा लगातार हारे बेहोरेको वेष्ट ह्यामले लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा एभर्टनमाथि ३–१ को जित दर्ता गरेको हो ।
अवे मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा वेष्ट ह्यामका एन्ड्री यार्मोलेन्कोले दुई तथा मार्को अर्नाउटोविचले एक गोल गरे । एभर्टनका लागि गिल्फी सिगुर्डसनले एक गोल फर्काए ।
पाँचौँ खेलमा आएर वेष्ट ह्यामले सिजनको पहिलो जित दर्ता गरेको हो । अर्को खेलमा वुल्भ्सले बर्नलीलाई १–० ले हराएको हो । एजेन्सी















प्रतिक्रिया