५ कार्तिक २०८३, बिहिबार

नरेश पातलीले गाए यस्तो गीत

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आइडलको सिजन–२ बाट चर्चा कमाएका नरेश पातलीले गीत रेकर्ड गराएका छन् ।

नेपाल आइडलको सिजन–२ अन्तर्गत धनगढी अडिसनमा ‘उ जितेर गइ या हारेर गइ…..’ बोलको गीत गाएर पातली एकाएक चर्चामा आएका थिए । उनी सो अडिसन चरणबाटै बाहिरीएका थिए । बझाङका पातली हाल काठमाडौंमा रहेका छन् ।

उनले हालै बादल घिमिरेको शब्द र संगीतमा ‘आई ह्याभ अ गर्ल फ्रेन्ड’ बोलको गीत रेकर्ड गराएका हुन् । हाल संगीतकार घिमिरेले नै नरेशलाई संगीत प्रशिक्षण दिंदै आएका छन् । नरेशले आफुले अपेक्षा गरे भन्दा निकै राम्रो गाएको उनले बताए । यसको भिडियोसमेत छिटै सार्वजनिक गर्ने उनले जानकारी दिए ।