
काठमाडौं, ३१ भदौ । बाजुराको एउटा गाउँपालिकाले मदिरा पिउने लाइसेन्स वितरण शुरु गरेको छ । बाजुराको गौमुल गाउँपालिकाले ऐन बनाएरै ‘मदिरा सेवन कार्ड–२०७५’ वितरण थालेको हो । प्रति लाइसेन्स् पाँच सय रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले झण्डै डेढ सय भन्दा धेरै लाइसेन्स् वितरण गरिसकेको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले लाइसेन्स् लिएपछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाइने बताए ।
एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउनेछन् । यस्तै मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य गरिएको छ ।















प्रतिक्रिया