
काठमाडौं, ३१ भदौ । आइएमई लिमिटेड र महाराजगंजस्थित बोता मःमबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुट पाउने छन् ।
काठमाडौंमा चार, ललितपुरमा एक, र भक्तपुरमा एकसहित कुल छ ओटा आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागु हुने आइएमई लिमिटेडले जनाएको छ । सम्झौता असोज १ गतेदेखि दुई वर्षसम्म लागू हुनेछ ।















प्रतिक्रिया