२१ कार्तिक २०८३, शनिबार

शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लामै हुनुपर्ने सांसदको माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ भदौ । हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्ला जिल्लामै बनाउन माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले शिक्षक सेवा आयोग, लोकसेवा आयोग लगायतको परिक्षा दिनका लागि नेपालगञ्ज आउनुपर्ने बाध्यता रहेकोले हुम्लामै परीक्षा केन्द्रको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

लामाले हुम्लामा वर्षाका कारण पहिरो जाँदा बाटो अबरुद्ध भएकाले सवारी अवागमनमा समस्या भएको समेत बताए । भारतीय पर्यटकहरुको चाप पढ्दै गएको तर यातायातको समस्याले पर्यटकहरुलाई समेत समस्या भएको उनले उल्लेख गरे । वर्षामा यातायातको समस्या भईरहेको र त्यसका लागि परीक्षा दिन सुर्खेत जानुपर्ने बाध्यता भएकाले शिक्षकसेवा आयोगको परीक्षा केन्द्र हुम्लामै राख्नुपर्ने उनले माग गरे ।

यस्तै उनले पहिरोमा पुरीएर कयौ विद्यार्थीको ज्यान गएको र कयौं घाइते भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।