५ कार्तिक २०८३, बिहिबार

बलिउड अभिनेता गोविन्दाद्वारा पशुपतिमा विशेष पूजा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । बलिउड अभिनेता गोविन्दाले आइतबार पशुपति मन्दिरमा पूजाआजा गरेका छन् । उनी एलजी सिने सर्कल अवार्डका लागि टिना आहुजासहित शनिबार राजधानी आइपुगेका हुन् ।

उनले पशुपतिमा विशेष पूजा गरे । उनले लाख बत्ती बाल्नुका साथै दुई ठाउँमा यज्ञसमेत लगाए ।

भारतीय अभिनेता गोविन्दालाई प्रत्यक्ष हेर्न पशुपति परिसरमा मानिसहरुको भिड नै लागेको थियो ।

पशुपतिमा उनी पुग्दा सुरक्षा अवस्था कडा पारिएको थियो । उनले पशुपतिमा साढे तीन घण्टा बिताएका थिए ।