२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंकको खाता अब घरमै बसी खोल्न सकिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ भदौ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । माछापुच्छ्रे बैंकको अनलाईन खातामार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।

अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट/आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।

माछापुच्छ्रे बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरि ७ प्रतिशत पुर्‍याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ ।

ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् ।

मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशत सम्मको उत्कृष्ट ब्याजदर दिदै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १ सय १६ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।