५ कार्तिक २०८३, बिहिबार

नेपाली अभिनेत्री पूजा र आँचलबीच पानी बाराबार !

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका दुई अभिनेत्रीबीच पानी बाराबारको सम्बन्ध प्रस्टिएको छ ।

सूर्य इन्टरनेशनल अवार्डका लागि जापानको टोकियो हिँडेको कलाकारको टुकडीमा रहेका पूजा र आँचलबीचको सम्बन्ध विमानस्थलमा छर्लङ्ग भएको थियो ।

दुवैले बोल्नु त परै जाओस् एकअर्काको अनुहार समेत हेरेनन् । केही समयअघि पूजालाई लक्षित गरी आँचलले फेसबुकमा स्ट्याटस लेखेपछि सम्बन्धमा रहेको खटपटको शंका गरिएको थियो ।

त्यसो त पूजाको सम्बन्ध उद्योगका अन्य अभिनेत्रीसँग पनि राम्रो छैन । अभिनेत्री सुष्मा कार्कीसँग पनि पूजाको बोलचाल छैन । एउटा

कार्यक्रममा कार्कीले सबैसँग हात मिलाउँदा पुजातिर भने फर्केर पनि हेरेकी थिइनन् ।

दुवैलाई मिलाउनका लागि अभिनेत्री रेखा थापाले पहल गरे पनि सुष्मा टाढिएकी थिइन् ।