५ कार्तिक २०८३, बिहिबार

जस्टिन बीबरले गरे गुपचुप बिहे !

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हलिउड गायक जस्टिन बीबर प्राय: मिडियामा छाइरहन्छन् । हालै मात्र जस्टिनले बिहे गरेको खबर बाहिर आएको छ ।

रिपोर्ट्सका अनुसार जस्टिन बीबरले अमेरिकी मोडल तथा आफ्नी प्रेमिका हेली बाल्डविनसँग विवाह गरेका छन् । पछिल्लो दिनमा जस्टिनले नै बाल्डविनलाई प्रपोज गरेका थिए । त्यसपछि उनीहरुको प्रेमसम्बन्ध विवाहमा परिणत भयो ।

भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टी अनलाइनका अनुसार उनीहरु म्यारिज लाइसेन्स कोर्ट हाउस अगाडि देखिएका थिए ।

यसैबीच उनीहरुले बिहे गरिसकेको बताइएको छ । रिपोर्टका अनुसार उनीहरु विवाह दर्ता गर्न त्यहाँ गएका थिए ।

तर, उनीहरुले विवाह गरिसकेको भन्ने आधिकारिक पुष्टि भने अझै भइसकेको छैन ।