बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

नाडा अटो शोमा यस्ता छन् सुजुकी कारका मोडेल र विशेषता

दैनिक नेपाल २०७५ भदौ २९ गते १६:४६

काठमाडौं, २९ भदौ । भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा सुजुकी कम्पनीका पछिल्ला मोडलका कारहरुलाई प्राथमिकतामा राखिएका छन् । सिजी मोटोकर्पले उक्त शोमा पाँच मोडलका कारहरुको प्रदर्शन गरीरहेको छ । पछिल्लो पटक लञ्चित सुजुकी स्वीफ्टको तेश्रो संस्करण भने यसपाली धेरैको ध्यान तानेको छ ।

सुजुकी स्वीफ्टका विशेषताहरुः
जेडएक्सआई र भीएक्सआई दुई प्रकारमा उपलब्ध रहेको छ भने हेर्दा स्पोर्टस् आकारको देखिन्छ । यो पाँच रंगमा उपलब्ध छ । मुल्य भने जेडएक्सआईको ३२ लाख ४९ हजार रहेको छ भने भीएक्सआईको २९ लाख ४९ हजार रहेको छ ।

अन्य विशेषताहरुमा उत्कृष्ट माइलेज, २ बर्षसम्म फ्रि सर्भिसिङ लगायत रहेका छन् । यो गाडिमा ४ बर्ष इन्जिन वारेन्टी रहेको छ । किस्ताबन्दीमा खरिद गर्नेका लागि ९ दशमलव ९ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक मार्फत ऋण लिन सकिन्छ । यसका लागि शरुमा ३५ प्रतिशत रकम तिरेपछि बाँकी ६५ प्रतिशत रकम बैंकले ब्यहोर्ने भनिएको छ ।

यस्ता गाडी खरिद गर्नेलाई नाडा स्पेशल अफर पनि रहेको छ । जसमा ४० हजार छुट, अटो शोमा बुक गरेमा २० हजार छुट सहित ६० हजारको अफर राखिएको छ । यस्तै स्क््रयाच कुपनमार्फत १० हजार देखि १ लाख सम्म छुट पनि रहेको छ ।

यी हुन् ५ मोडलका कारः
सिजी मोटोकर्पले उक्त शोमा सुजुकी स्वीफ्टको भिटारा ब्रेजा एसयूवी रेन्जको गाडि, बनेन्यो, सेलेरो र डिजारेन्ज गरी ५ प्रकारका गाडि प्रर्दशनमा छन् ।

सुजुकीका अन्य १३ मोडलका गाडिहरुपनि रहेका छन् । पछिल्लो संस्करणको कारको मुख्य बिशेषता स्पोर्टस् आकार, चलाँउन कन्फर्ट, सकारे ह्यान्डलिङ, पावर र माइलेज रहेका छन् ।

सुजुकीका १३ वटा सवै मोडेल राम्रोसँग बिक्री हुने गरेको छ । भितारा ब्रेजा, स्वीफ्ट, सेलेरियो आदि मोडल सबैभन्दा रुचाईएका अन्तर्गत पर्दछन् ।

दशैं तिहार अफर
सिजी मोटोक्रपले दशैतिहार अफर पनि चलाएको छ । जसअन्तर्गत प्रत्येक सुजुकी गाडि खरिदमा बढी २ लाख सम्म छुटको व्यवस्था गरिएको छ भने स्क्रयाच कुपनमा थप १ लाख सम्मको उपहार राखिएको छ ।

सुजुकीका १५ लाख देखि ५५ लाखसम्म पर्ने गाडीहरु रहेको मोटोक्रपले जनायो ।

प्रतिक्रिया
सम्बन्धित