शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

महिन्द्राले ल्यायो २८ लाखमै विद्युतीय कार, यस्ता छन् विशेषता

दैनिक नेपाल २०७५ भदौ २९ गते १६:१२

काठमाडौं, २९ भदौ । राजधानीको भृकुटीमण्डलमा सवारी साधनहरुको कुम्भ मेलाको रुपमा लिइने ‘नाडा अटो शो’ चलिरहेको छ । यसैबीच शोमा नेपालमा गुड्ने विभिन्न कम्पनीका गाडीहरु प्रदर्शनमा राखिएको छ ।

दशैंलाई मध्यनगर गर्दै हरेक वर्ष यस शोको आयोजना हुने गरेको छ । त्यस्तै महिन्द्रा कम्पनी इलेक्ट्रिक गाडीको माग बढेको छ । वायु प्रदुषणलाई कम गराउन पनि आजकाल विद्युतीय सवारी साधनहरुको माग बढ्दो छ ।

महिन्द्रा कम्पनीले बजारमा ल्याएको विद्युतीय कारको नाम हो, ई-भेरिटो । यो सुविधासम्पन्न र स्टाइलिससमेत छ ।

विशेषताहरु :

यस कारमा ५ सिट छन् । यसको लम्बाई लामो छ र हेर्दा अरु कारभन्दा फरक देखिँदैन ।

यस कारमा ३० दशमलब ५ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो कारले ८६ किमी प्रतिघण्टासम्मको रफ्तारमा गुड्न सक्छ ।

चार्जिङ स्टेशनमा गए गाडीको ब्याट्री एक घण्टा ४५ मिनेटमै फुल चार्ज हुन्छ । सामान्य ढंगबाट घरमै गर्ने हो भने लगभग ९ घण्टा लाग्छ ।

भेरिटो कार एक पटक फुल चार्ज गर्दा १४० किलोमिटरसम्म ढुक्कले गुडाउन सकिन्छ ।

यस कारमा प्रयोग भएको ब्याट्रीको वारेन्टी ३ वर्ष दिइएको छ । त्यस्तै कम्पनीले अन्य पार्ट्समा २ वर्षको वारेन्टी दिएको छ ।

विद्युतीय कार कमजोर हुन्छ भन्ने आमबुझाइ भएपनि यो कार निकै बलियो छ । यसमा नतान्ने समस्या नदेखिने कम्पनीको दाबी छ ।

इलेक्ट्रिक कार बजारमा ल्याएसँगै महिन्द्राले इलेक्ट्रिक सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याएको छ । यो नेपालको पहिलो इलेक्ट्रिक सर्भिस सेन्टर हो । राजधानीको कुनै पनि स्थानमा गाडीमा समस्या आएमा कम्पनीले टेक्निसियन पठाउनेछ ।

ई–भेरिटो कारमा ग्राउन्ड क्लिरेन्स १७ सेन्टिमिटर भएकाले काठमाडौंजस्तो बिग्रेको र खाल्डाखुल्डी बाटोमा सहज ढङ्गबाट चलाउन सकिने छ ।

कम्पनीले यस गाडीको मूल्य २८ लाख ८० हजार तोकेको छ । अरु कारमा जस्तै यसमा पनि एसी, हिटर, म्युजिक सिस्टम, फोल्डिङ सिट सबै सुविधा उपलब्ध छन् ।

ग्राहकले ३५ प्रतिशत डाउनपेमेन्ट गरेर १० वर्षका लागि किस्तामा पनि यो कार किन्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित