बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

राप्रपाको सर्लाही–काठमाडौं सम्पर्क समाज गठन

दैनिक नेपाल २०७५ भदौ २९ गते १४:५८


काठमाडौं, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्लाही–काठमाडौँ सम्पर्क समाज गठन गरेको छ ।

सर्लाही जिल्लाबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपासँग आवद्ध व्यक्तित्वहरुको भेलाले अनिल कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय ‘सर्लाही–काठमाडौं सम्पर्क समाज’ गठन गरेको हो ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभागका प्रमुख भाष्कर भद्राको विशेष उपस्थितीमा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा जनकलाल स्याङवा, सचिबमा राजु मोक्तान कोषाध्यक्षमा सचिता साह दाहाल रहेका छन् ।

यस्तै सदस्यहरुमा विवेक मण्डल, नरेश यादव, लिला बहादुर सोलारी, सरोज खड्का, सुवास लामा, दिपेन्द्र यादव, राकेश यादव, अमर पाख्रीन, चन्दन साह, रवि यादव छन् भने सल्लाहकारमा थिर प्रसाद पोखरेल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित