२१ कार्तिक २०८३, शनिबार

ट्रायल परीक्षामा पास गराइदिन्छु भन्दै रकम माग्ने पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, २९ भदौ । चालक अनुमतिपत्र ट्रायल परीक्षामा पास गराइदिन्छु भन्दै रकम माग गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया र काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामा रहेका छन् ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित ईजीओ सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका व्यक्तिहरुसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम माग गरेको खबरको आधारमा महानगरिय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।