शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

आफ्नै श्रमले पेट पाल्छन् १६ लाख बालबालिका, सरकारको १२ करोड लगानी वालुवामा पानी

दैनिक नेपाल २०७५ भदौ २९ गते ७:०४

काठमाडौं, २९ भदौ । सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएकोे छ । ८० लाख वालवालीकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ बर्ष सम्मको व्यक्तिलाई वालवालिका मानेको छ ।

महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयले बालबालीका शिर्षकमा यस आर्थिक वर्षमा मात्रै ३ करोड ४३ लाख रुपैंया बजेट बिनीयोजन गरेको छ । यस्तै केन्द्रीय बाल कल्याण समितीसंग वालवालिकाकै लागि खर्च गर्न भनेर छुट्याइएको ९ करोड रुपैंया बजेट छ ।

मन्त्रालयको वालवालीका हेर्ने शाखा अधिकृत इन्दीरा आचार्यका अनुसार बिनीयोजीत बजेट सडक बालबालीका व्यवस्थापन, ऐन नियम तर्जुमा, बाल सुधार लगायत शीर्षकमा खर्च हुने गरेको छ । बजेट पर्याप्त भए पनि बालबालीकाको क्षेत्रमा समुचित प्रयोग भएको देखिएको छैन ।

१४ वर्षीय नवीना चौधरीले काठमाडौं म्हैपीस्थित एक होटेलमा भाँडा माझ्ने काम गर्न थालेको २ वर्ष भयो । उनले भाँडा माझेवापत खान र बस्न बाहेक अरु केही सुविधा पाएकी छैनन् । चौधरीले भनिन्–‘भाँडा माझ्छु । खान दिन्छन् । अस्ती भेष्ट किन्दीए, त्यहि हो ।

उमेरले १३ पुगेका सरोज विक काठमाडौं–भक्तपुर गुड्ने बसमा सहयोगीकोे काम गर्छन् । उनले सर्वसाधारणसंग भाँडा उठाएवापत दैनिक दुइ सय भत्ता पाउँछन् । विकले भने, ‘खलासी काम गर्छु । दाम राम्रै आउँछ । वुवा पनि हुनुहुन्न । के गर्नु खानै प-यो ।’

सानै उमेरमा विहानै उठेर काममा खटिदाँ ख्याउटेपन, कुपोषण लगायत शारीरिक र मानशिक समस्याहरु देखिने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित