२१ कार्तिक २०८३, शनिबार

संविधान दिवस मनाउन प्रदेश ३ मा समिति गठन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ भदौ । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समिति समेत गठन गरिएको छ ।

दिवसलाई व्यवस्थित बनाउन विभिन्न ६ वटा उपसमितिहरु समेत निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति, सामाजिक विकास मन्त्रालयको संयोजनमा रचनात्मक क्रियाकलाप व्यबस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेको संयोजकत्वमा विचार गोष्ठि उपसमिति र जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवसलाई अन्तरमनबाट मनाउनुपर्ने बताए । दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गरे ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, ३ नम्बर प्रदेश प्रहरी प्रमुख दिपक थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्दिराज गुरुङ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलगायतको सहभागिता रहेको थियो ।