
काठमाडौं, २७ भदौ । माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत ४३ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरको छ । त्यातले ३ महिना अघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् ।
५ हजार न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा, रु. १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु. ५ हजार सम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएका छन् ।
यस्तै माछापुच्छ«े बैंकले बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्घि गरी ७% पु¥याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५% देखि अधिकतम ७% सम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७% ब्याजदर पाउन सक्नेछन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५% सम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।















प्रतिक्रिया