२ कार्तिक २०८३, सोमबार

एनआईसी एशियाको ऋणपत्रमा लगानीकर्ताको उत्साहजनक सहभागिता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । एनआईसी एशिया बैंकको भदौ २१ गतेदेखि खुला गरिएको ऋणपत्रका लागि उल्लेख्य रुपमा निवेदन प्राप्त भएको बैैकले जनाएको छ । बैंकद्वारा विक्री खुला गरिएको रु. १ अर्ब ८३ करोड बराबरको “११% एनआईसी एशिया ऋणपत्र २०८२/८३” का लागि व्यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट उत्साहजनक सहभागिता रहेको बैंकले जानकारी दिएको छ । यसका लागि पूर्ण रुपमा आवेदन प्राप्त भएको पनि जानकारी दिएको छ ।

७ वर्षको अवधिमा परिपक्व हुने यस ऋणपत्रको व्याज दर ११% रहेको छ । १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट विक्री खुला गरिएकोमा बुधबार सम्ममा करीब २ अर्ब १६ करोड (१४८ प्रतिशत) को आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

यस्तै ३६ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्री खुला गरिएकोमा बुधबारसम्ममा करीब ४४ करोड (१२० प्रतिशत) आवेदन प्राप्त भएको पनि बैंकले जनाएको छ ।