२१ कार्तिक २०८३, शनिबार

महिलाको अधिकार प्राप्तिका लागि सही अभ्यास होस्ः मुख्यमन्त्री भट्ट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २७ भदौ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले महान् पर्व हरितालिकाका अवसरमा प्रदेशवासी नेपाली महिलाको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री भट्टले बुधबार दिएको शुभकामना सन्देशमा तीज पर्वबाट सम्पूर्ण महिलामा उमंग, उत्साह र हौसला छाओस्, आपसी एकता र सद्भाव कायम रहोस् र महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास हुन सकोस् भन्ने कामनासमेत गर्नुभएको छ । –रासस