शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

उत्तेजक प्रोमोको झन्झटमा फँस्यो कथा काठमान्डू

दैनिक नेपाल २०७५ भदौ २७ गते १४:२९

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले फिल्मी करिअरमै सबैभन्दा उत्तेजक दृश्य दिएको ‘कथा काठमान्डू’ उत्तेजक प्रोमोका कारण झन्झटमा फँसेको छ ।

इन्दिरा जोशीको स्वरमा रहेको गीतमा राखिएको उत्तेजक सिनका कारण चर्चा र विवादमा तानिएको फिल्मको ट्रेलरमा प्रमोद अग्रहरीसँग कार्कीको यौनजन्य कार्यकलाप भएको सिनलाई प्राथमिकतामा राखिएको छ ।

फिल्मको प्रमोशनका लागि राखिएको उक्त सिनहरू तत्काल हटाउनका लागि चलचित्र विकास बोर्डले निर्माण कम्पनीलाई मात्र होइन, सूचना प्रविधि मन्त्रालयलाई समेत पत्र लेखी उक्त सिन हटाउन भनेको छ । फिल्म सेन्सरबोर्डमा पुगेपछि सिन काटिने पक्का छ ।

फिल्म निर्माण पक्षले बयस्कको प्रमाणपत्रसहित सिन नकाटिने आशा राखेको छ । तर, उक्त अभिलाषाअघि नै प्रोमोमा बन्देज लगाउने प्रक्रियाले फिल्म झन्झटमा फँसेको हो ।

चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको थियो । बोर्डले भनेको छ,‘सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिइन्छ ।’

फिल्म १२ असोजमा रिलिज तयारीमा छ । अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले पत्र लेखेको हो ।

प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको अभिनय छ ।

प्रतिक्रिया
सम्बन्धित