२ कार्तिक २०८३, सोमबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भदौं २६ गते सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।