१२ कार्तिक २०८३, बिहिबार

निर्मला हत्या छानबिन समितिका सदस्यलाई हृदयघात

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको समितिका एक सदस्यलाई हृदयघात भएको छ । समितिमा सदस्य रहेका सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँलाई हृदयघात भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिन अगाडि हृदयघात भएको हो । सरकारले समितिको म्याद आइतबार १५ दिनका लागि थपेको थियो ।

म्याद थप गर्दा घटनाको निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार राजिनामा दिइसकेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने मंगलबार साँझसमम केसीको राजिनामा प्राप्त नभएको र उनका आरोपबारे औपचारीक रुपमा आफुहरुलाई जानकारी नभएको बताउँछन् ।