काठमाडौं, २७ भदौ । पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् ।
उनको निष्कर्ष आखिर के हो त भनेर प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर बुझ्न सक्थे । तर, केसी मंगलबार मन्त्रालय धाउँदा पनि गृहमन्त्रीले भेटसमेत दिएनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बर्दीको आडमा प्रहरीले सोझासीधा धेरै पक्राउ गरिसक्यो, तर स्थानीय जनताले जोमाथि निरन्तर औँला उठाइरहेका छन् तिनीमाथि अनुसन्धान केन्द्रित भएको छैन ।
प्रधानमन्त्रीले टेलिभिजनबाट भनेजस्तै आन्दोलन विवेकहीन हुन्थ्यो र प्रहरीको अनुसन्धान निष्पक्ष हुन्थ्यो भने दिलीपसिंह विष्ट नै अपराधी साबित हुन्थे ।
तर, डिएनए परीक्षणसमेत त्यही आयो जो कञ्चनपुरवासी जनताले भनेका थिए । तर, न्यायको पक्षमा उभिँदा गोली हानी एकजनाको हत्या गरियो, अर्का एक अचेत छन् । यत्रो ठूलो मूल्य चुकाएर प्रहरीले भन्न बाध्य भएको छ, ‘दिलीपसिंह विष्टको अपराध पुष्टि हुन सकेन ।’















प्रतिक्रिया