१२ कार्तिक २०८३, बिहिबार

तीन दिन श्रम गरे एक दिन कैद कट्टा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नयाँ मुलुकी ऐनले कैदीलाई शारीरिक श्रममा लगाउन पाउने व्यवस्था गरेको छ । दफा ३१ मा कैदीलाई शारीरिक श्रममा लगाउन सकिने व्यवस्था छ ।

ऐनमा भनिएको छ, ‘तीन वर्ष वा तीन वर्षभन्दा बढी कैदको सजाय पाएको १८ वर्षभन्दा बढी उमेरको र शारीरिक रुपमा स्वस्थ्य रहेको कसूरदारले चाहेमा निजलाई कारागारले सार्वजनिक कामको लागि शारीरिक श्रममा लगाउन सक्नेछ ।’ कसूरदारले प्रति तीन दिन श्रम गरे बापत थप एक दिनको दरले कैद कट्टा हुनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गम्भीर फौजदारी अभियोगमा कैद भुक्तान गरिरहेकाहरुको कैद मिनाहा गर्न सक्ने प्रावधान पनि ऐनमा राखिएको छ । आगामी १ भदौबाट लागू हुने मुलुकी ९संहिता०ऐन–२०७४ को दफा ३७ मा कैद कट्टा सम्बन्धि व्यवस्था छ ।

जन्म कैद, जबरजस्ती करणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागू औषधको ओसारपसार तथा कारोबार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार र मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएकाको पनि कैद मिनाहा हुने भएको छ । त्यसका लागि कसूरदारले कैद भुक्तान गरिरहँदा उसको चालचलनमा सुधार आए र तीन चौथाई कैद सजाय भुक्तान गरे बाँकी कैद मिनाहा हुनेछ ।

त्यस्तै, ऐनको २४ मा कैद सजाय निलम्बनको व्यवस्था गरिएको छ । एक वर्षभन्दा कम कैद निर्धारण भएकाले पहिलो पटक कसूर गरेको पाइए उसले गरेको कसूर, उमेर, आचरण, कसूर गर्दाको परिस्थिति, कसूर गर्दा अपनाएको तरिका हेरिने छ । सोही आधारमा अदालतले कसुरदारलाई कारागारमा राख्न उपयुक्त नठानेमा कैद तत्काल कार्यान्वयन नगरी निलम्बन गर्न सक्नेछ । तर, कसूरदार भने बालबालिका हुनुपर्ने प्रावधान छ ।

कैद सजाय निलम्बन भएका कसुरदारले निलम्बनको अवधिभर निःशुल्क रुपमा कुनै सार्वजनिक काम गर्ने, कसूरबाट पीडित व्यक्तिको कुनै काममा सहयोग गर्ने, आदेशमा उल्लिखित कुनै काम वा व्यवहार नगर्ने, आफ्नो निवास वा कुनै खास स्थान विशेषभन्दा अन्यत्र नजाने, सजायको अवधिभर वा त्यस्तो सजाय भुक्तान भएको तीन वर्ष भित्र कुनै कसूर नगर्ने, अदालतले तोकिदिएको कुनै स्थानहदमा रहने, उपचार तथा पुनस्र्थापना केन्द्रमा बस्ने, कुनै खास व्यक्तिलाई नभेट्ने शर्त राखिएको छ ।