२ कार्तिक २०८३, सोमबार

नाडा अटो शो : कुन गाडीको मूल्य कति (मूल्यसहित)

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । नेपालमा भित्रिएका कम्पनीहरुले विभिन्न स्किममा गाडी बेच्न थालेका छन् ।

मेलामा सवारीसाधनबारे जानकारी लिने तथा मन परेकोलाई बुकिङ गर्नेको लर्को छ । मेला हरेक वर्ष दशैंलाई लक्षित गर्दै आयोजना गर्ने प्रचलन छ ।

नाडा अटो शोमा मानिसहरुले आफूलाई मन परेको सवारी विशेष शुटमा किन्न सक्छन् । नाडा अटो शोलाई अटोमोबाइल कम्पनीहरुको कुम्भ मेलाको रुपमा लिइन्छ ।

दशैं तिहारको बेला गाडी किन्ने मनसाय बनाएकाहरुलाई यस शो महत्वपूर्ण रहेको छ ।

त्यस्तै आज हामी तपाईलाई नाडा अटो शोमा रहेका कुन कम्पनीको कुन गाडी, कतिमा किन्न सकिन्छ भन्नेबारे जानकारी दिन गइरहेका छौं ।

हुण्डाई

नेपालमा चलेको ब्राण्ड हो हुण्डाई । तपाई पनि हुण्डाई कम्पनीको गाडी किन्ने चाहनुहुन्छ भने मूल्य र गाडीको प्रकार यस्तो छ ।

इओनको मूल्य १७,५१,००० रुपैयाँ रहेको छ ।

त्यस्तै ग्राण्ड आई-१० को मूल्य २६,३६,००० देखि २८,९६,००० रुपैयाँसम्मको बीचमा पर्छ ।

हुण्डाई कम्पनीको एक्सेन्ट गाडी किन्न तपाईले २९,३६,००० हजार देखि ३१,९६,००० रुपैयाँसम्म खर्चनुपर्छ ।

क्रेटाको मूल्य ४१,०१,००० देखि ५८,५६,००० रुपैयाँसम्मको बीचमा पर्छ ।

टक्सन भने महंगो रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टक्सन किन्न ग्राहकले ८९,९६,००० रुपैयाँदेखि १,०२,९६,००० रुपैयाँसम्म तिर्नुपर्छ ।

सुजुकी

सुजुकीले मध्यम वर्गलाई लक्षित गर्दै शोमा उपस्थित भएको छ ।

सुजुकी अल्टो किन्न ग्राहकले १६,३९,००० देखि २०,८९,००० खर्चनुपर्छ । त्यस्तै वागनका लागि ‍२३,२९,००० रकम तिर्नुपर्छ ।

सेलेरियोको मूल्य २३,९९,००० देखि २७,४९,००० सम्म पर्छ भने इग्निसको मूल्य २६,९९,००० देखि ३३,२९,००० पर्छ ।

टाटा

टाटा टियागो किन्न ग्राहकले कम्तीमा २४,९५,००० र बढीमा ३१,५५,००० तिर्नुपर्छ । त्यस्तै टिगोरका लागि २७,२५,००० देखि ३३,५५,००० रुपैयाँसम्म तिर्नुपर्छ ।

सुमो किन्न ग्राहकले न्यूनतम ३४,५५,००० देखि अधिकतम ४९,५५,००० खर्च गर्नुपर्छ । नेक्सनका लागि भने ३४,९५,००० देखि ४७,९५,००० तिर्नुपर्छ ।

टाटा कम्पनीका अनुसार हेक्जाको मूल्य ९१,५५,००० पर्छ ।

महिन्द्रा

महिन्द्रा कम्पनीको थार गाडी किन्न ग्राहकले ४३,००,००० रकम बुझाउनुपर्छ । त्यस्तै स्कर्पियोका लागि ४८,७५,००० देखि ७३,८०,००० तिर्नुपर्छ ।

बोलेरो सिंगल क्याबको मूल्य कम्तीमा १६,६५,००० र बढीमा २२,६०,००० पर्छ । बोलेरो डुअल क्याबको मूल्य न्यूनतम २१,९०,००० देखि अधिकतम २४,५०,००० पर्छ ।

जीप टाइप भेहिकल मूल्य ४२,५०,००० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

डाटसन

डाटसन कम्पनीको रेडी गोको न्यूनतम मूल्य १५,२५,००० र अधिकतम मूल्य २०,५९,००० रहेको छ ।

त्यस्तै गोलाई किन्न ग्राहकले २३,४९,००० देखि २४,२९,००० सम्म तिर्नुपर्छ ।

गो प्लसको मूल्य २७,४९,००० रहेको कम्पनीले जनाएको छ ।

किया

कियाको पिकान्टो गाडी किन्न ग्राहकले २४,९९,००० देखि ३४,९९,००० रुपैयाँसम्म तिर्नुपर्छ भने अल न्यू रियोका लागि ३७,४९,००० खर्चनुपर्छ ।

सोल इको इलेक्टि्रकका मूल्य ५६,०० ,००० देखि ५८,००,००० रुपैयाँसम्म छ ।

यदि सोरेन्टो किन्ने हो भने तपाईले १,१९,५०,००० रकम खर्चनुपर्छ । त्यस्तै क्यार्निभलको मूल्य ७६,००,००० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।