११ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो एकैपटक दुई कर्जा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । एनआईसी एशिया बैंकले दुई किसिमका कर्जा एकैपटक सार्वजनिक गरेको छ । “चमत्कारिक सवारी कर्जा” र “चमत्कारिक घर जग्गा कर्जा” बैंकले एकैपटक सार्वजनिक गरेको हो । यी कर्जाहरुमा कमत्कारिक विशेषताहरु रहेको पनि बैंकले जनाएको छ ।

“चमत्कारिक सवारी कर्जा” अन्तर्गत नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने ग्राहकले लाभ उढाउन सक्ने बैंकले जनाएको छ ।
चमत्कारिक सवारी कर्जाका विशेषताहरु:
१. तुरुन्तै कर्जा स्वीकृति हुने
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने )
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था

यस्तै “चमत्कारिक घर जग्गा कर्जा” अन्तर्गत घर किन्न चाहनेहरुका लागि विभिन्न विशेषताहरुसहितको कर्जा बैंकले सार्वजनिक गरेको छ ।
चमत्कारिक घर जग्गा कर्जाका विशेषताहरुः
१. आफ्नो आम्दानी अनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने

दुवै कर्जा योजनाहरु बैंकका २ सय ४४ वटै शाखा कार्यालयहरुबाट ग्राहकले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।