
काठमाडौँ, २६ भदौ । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मलाको बलात्कार र हत्याका मुख्य आरोपी भनेर प्रहरीले सार्वजनिक गरेको दिलीपसिंह विष्टको डिएनए मेल खाएको छैन । पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको हा ।
विधि विज्ञान प्रयोगशालाले दिलीपको डीएनए नमिलेको रिपोर्ट कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको थियो । डिएनए मेल नखाएपछि विष्ट अदालतको आदेशमा रिहा भएका छन् । उनलाई मंगलबार नै हाजिरी जमानीमा रिहा गर्न अदालतबाट आदेश भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
यस्तै, अनुसन्धानको क्रममा पक्राउ परेका बम दिदीबहिनीलाई पनि हिरासतमुक्त गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ । दिदी बबितालाई तीन हजार रुपैयाँ धरौटी र बहिनी रोशनीलाई विना धरौटी छोड्न आदेश भएको छ ।
कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले दिलिपसिंहलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।
आन्दोलनमा गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो । तत्कालीन एपपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा त्रुटि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।















प्रतिक्रिया