
गाईघाट, २६ भदौ । चार सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकहरुले मंगलबार उदयपुरका सामुदायिक बिद्यालयहरु ठप्प पारेका छन् ।
शिक्षक आन्दोलनकाकारण जिल्लाका ४ सय ५८ बिद्यालयहरु ठप्प भए । राज्यबाट शिक्षक शिक्षक विच गरिदै आएको सबैखाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्नु पर्ने, राहत कोटामा कार्यरत सबै शिक्षकलाई एकमुष्ट स्थायी गर्नका लागि संघीय ऐन नीतिगत व्यवस्था गर्नु पर्ने उनीहरुको माग छ ।
शिक्षकहरुले स्थायी प्रकृया सुरु गर्नु पूर्व शिक्षक सेवा आयोगबाट लिईने विभिन्न चरणका परीक्षामा राहत दरवन्दिमा कार्यरत शिक्षकको उमेरको हदवन्दी हटाईनु पर्ने र स्थायी प्रकृयाको थालनी गर्नु पुर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरुको स्वामित्व निर्माणाधिन ऐनले ग्रहण गर्नु पर्ने माग राखेका छन् ।
अध्यापन गराउनु पर्ने शिक्षक नै बन्द गराउँदै हिडेपछि बिद्यालयहरु ठप्प भएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण बिद्यालय आएका बिद्यार्थीहरु कक्षा कोठामा नै प्रवेश नगरी फर्किएका छन् ।












प्रतिक्रिया