२ कार्तिक २०८३, सोमबार

बैंकिङ इतिहासमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ भदौ । माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ सम्बन्धी जिज्ञासाहरुको जवाफ पाउन सकिनेछ । यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकहरुसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने छ ।

फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुले चौबिसै घण्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटिएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धी जानकारी ‘माया’मार्फत पाउन सकिने बैंकले जानकारी गराएको छ ।

यस सेवामार्फत ‘माया’ले हजारौं ग्राहकहरुको लाखौं प्रश्नलाई तुरुन्त विभिन्न स्रोत मार्फत सूचनाहरुलाई संकलन गरी ग्राहकको जिज्ञासाहरु मेटाउन सक्ने क्षमता रहेको बैंकले बताएको छ । साथै, उक्त सेवा नेपालमै पहिलो पटक बैंकिङ क्षेत्रमा प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

ग्राहकमाझ ‘माया’ले सरल, सहज, भरपर्दो तथा तुरुन्त जानकारी दिनसक्ने माध्यमको रुपमा बेग्लै परिचय बनाउने विश्वास बैंकले लिएको छ । ‘माया’सँग अन्तरक्रिया गर्न फेसबुक मेसेन्जरमा माछापुच्छ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यू.आर. कोड स्क्यान गनुपर्नेछ ।

बै‌कले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।