२१ कार्तिक २०८३, शनिबार

प्रशासकहरुले जनताको सेवकको रुपमा काम गर्नुपर्छ–गृहमन्त्री थापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रशासकहरुले आफूलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तिन महिने सेवाकालीन तालिमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने उद्देश्य सहित सबै प्रशासकले काम गर्नुपर्ने बताए ।

विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको उनको भनाई छ । उनले भने, ‘केही प्रशासकहरु भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन् भन्ने आरोप लाग्ने गरेको छ । यसलाई तपाईहरुले चिर्नुहोस् ।’ अहिलेको नियम कानुन प्रशासकहरुले बुझ्नका लागि समेत यो तालिम उपयोगी हुने गृहमन्त्रीको भनाई छ ।

‘हामीले अपराधलाई नियन्त्रण गर्न सक्यौ, अपराधीलाई दण्डित गर्न सक्यो नागरिकको रक्षा गर्न सक्यो भने मात्रै सफल हुन्छौं । यसका लागि विधिसम्मत ढङ्गले कार्य गर्न जरुरी हुन्छ ।’

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकहरुले अर्ध न्यायिक निकायको रुपमा समेत काम गर्नुपर्ने भएकोले तालिम पश्चात काममा सहजता पदान हुने विश्वास व्यक्त गरे ।