५ कार्तिक २०८३, बिहिबार

५ तस्बिरमा हेर्नुस् आँखा झिम्क्याएर भाइरल बनेकी प्रिया प्रकाशको बदलिएको लुक्स

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालले कसलाई कुन दिन भाइरल बनाइदिन्छ त्यो पत्तै हुन्न । सामाजिक सञ्जालले धेरै मान्छेलाई रातारात स्टार बनाइदिएको छ । यसमध्ये एक हुन् प्रिया प्रकाश । सामाजिक सञ्जालमा आँखा झिम्याएको फोटोका कारण उनी भाइरल बनेकी थिइन् ।

तिनै प्रिया प्रकाशमाथि मानिसहरुको ध्यान पुन: तानिएको छ । उनी एक फोटोशूटका कारण चर्चामा आएकी छन् । उनको हालै एक फोटोशूट बाहिरिएको छ ।

यस फोटोमा प्रियाको लुकमा बदलाव देखिएको छ । फोटोशूटमा प्रिया रातो रंगको पहिरनमा प्रस्तुत भएकी छन् । उनको स्टाइल र लुकलाई निकै रुचाइएको छ ।

यतिबेला उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले यस फोटोशूट एक म्यागजिनका लागि गराएकी हुन् ।