
काठमाडौं, २५ भदौ । मकालु यातायातको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै यात्रुलाई टिकट काट्न सहज होस् भन्ने उदेश्यले माउन्ट मकालु यातायात प्रा.लि.ले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा सुरू गरेको हो ।
अनलाइन टिकटिङ सेवासँगै अबदेखि पूर्वी नेपालका झापा, मोरङको बिराटनगर, धरान, ताप्लेजुङ, जनकपुर लगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिने मकालु यातायातले जनाएको छ ।
कसरी काट्ने टिकट ?
यात्रुहरूले माउन्ट मकालु यातायातको आधिकारिक वेभसाइट माउन्ट मकालु डटकम (www.mountmakalu.com.np) अथवा बससेवाको वेभसाइट बससेवा डटकम (www.bussewa.com) बाट टिकट लिन सकिने छ ।
यस्तै बससेवाको मोबाईल एप्सबाट सिधै टिकट काट्न सकिने पनि मकालु यातायातले जनाएको छ ।















प्रतिक्रिया