
काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आइतबार मात्र चार दिने भारत भ्रमण सकेर फर्किएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई बालुवाटारमा भेटेका हुन् ।
दुई अध्यक्षबीच पार्टी एकता टुङ्ग्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा बुधबार सचिवालयको बैठक बस्ने, पार्टी कमिटी र जबज मोर्चा एकताबारे टुंगो लगाउने सहमति भएको छ ।
यसअघि २४ र २५ मा सचिवालय र २६ र २७ मा स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।












प्रतिक्रिया