
काठमाडौं, २४ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले बैंकका कुनैपनि शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका छन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकका हाल मुलुकभर २ सय ४४ शाखा कार्यालयहरु रहेका छन् ।















प्रतिक्रिया