
काठमाडौं, २४ भदौ । आइतबार सेयर बजारमा दोहोरो अंकको पहिरो गएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज नेप्से परिसूचक १०.७९ अंकले घटेर १२१८.९८ बिन्दुमा आइपुगेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ अंकले घटेको छ ।
आज कूल १६६ कम्पनीका सेयर कारोबार भयो । ४ हजार ४८७ वटा कारोबारमा कूल १२ लाख ७२ हजार १०८ कित्ता सेयर किनबेच भएको छ । जसमा ३२ करोड ७० लाख २५ हजार ७४१ रुपैयाँ बराबरको कारोबार भयो ।
आज सबै समूहका परिसूचक घटेका छन् ।
















प्रतिक्रिया