५ कार्तिक २०८३, बिहिबार

अभिनेता नाना पाटेकरले यी नायिकालाई पनि छाडेनन्

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका तनुश्री दत्ताले अभिनेता नाना पाटेकारलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

तनुश्रीले एउटा फिल्मको सुटिङका क्रममा नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि बलिउड तरङ्गित भएको छ ।

‘सुटिङ सेटमा म डान्स अभ्यास गरिरहेकी थिएँ । नाना आए र मलाई च्याप्प पाखुरामा समातेर आफूतिर टाँसे’, नायिका तनुश्रीले भनेकी छिन्, ‘म तिमीलाई डान्स सिकाउँछु । म डराएँ र कुदेर भ्यानिटी भ्यानमा गएँ । त्यहाँ मेरी आमा हुनुहुन्थ्यो ।’

‘उहाँलाई मैले सुनाएँ सबै कुरा सुनाएँ’, उनले भनिन्, ‘आमा र म भएर सुटिङ स्पटमै हंगामा ग-यौं । पछि नानाले माफी मागे ।’

अभिनेता नाना पाटेकरले माफी मागेपछि यौन दुर्व्यवहारको घटनालाई गुपचुप राख्ने सहमति भएको उनले बताएकी छिन् ।

तनुश्रीले धेरै फिल्म खेलेकी छैनन् । तर, नाना पाटेकरसँग फिल्म खेलेकी छैनिन् ।

उनी अब बिग बोसको नयाँ सिजनमा देखिदैछिन् । यो सिजनमा तनुश्री आफैं बहिनीसँगै सहभागी हुने भएकी छन् । एजेन्सी