मुम्बई । ‘लञ्चबक्स’ र ‘एयरलिफ्ट’ जस्ता फिल्मकी नायिका निमरत कौर र भारतीय क्रिकेट टिमका कोच रवी अफेयरमा छन् । निमरतभन्दा रवि ३६ वर्ष जेठा हुन् । उनीहरूले बडो गुपचुपरुपमा आफ्नो प्रेम सम्वन्ध अगाडि बढाइरहेका थिए ।
बलिउड सेलिब्रिटी र क्रिकेटरबीच पुरानो सम्वन्ध रहिआएको छ । थुप्रै क्रिकेटरहरूले बलिउडकी नायिकालाई आफ्नो जीवनसाथी बनाएका छन् । तर, यो केस अलि फरक छ ।
उनीहरू कहिल्यै सार्वजनिक रुपमा एक साथ देखिएका छैनन् । रवि र निरमतको भेट सन् २०१५ मा जर्मन लक्जरी कारको उद्घाटन समारोहमा भएको थियो । त्यहाँ उनीहरूले फोन नम्बर साटासाट गरेका थिए । त्यसपछि उनीहरू नियमत भेट हुन थालेको बताइन्छ ।
५६ वर्षीया रवि एक डिभोर्सी हुन् । उनले २२ वर्ष लामो दाम्पत्य सम्वन्धपछि पत्नी ऋतु सिंहसित डिभोर्स गरेका थिए । २० वर्षीया ऋतु भने अहिलेसम्म सिंगल नै छिन् । एजेन्सी















प्रतिक्रिया