२१ कार्तिक २०८३, शनिबार

पाल्पाः रैनादेवी छहरा गाउँपालिकाको राजपत्र प्रकाशित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २३ भदौ । रैनादेवी छहरा गाउँपालिकाले पहिलो पटक ‘स्थानीय राजपत्र’ प्रकाशित गरेको छ ।

गाउँसभाबाट पारित कार्यविधि, निर्देशिका, विधेयकसहित सङ्गालोका रुपमा स्थानीय राजपत्र रहनेछ । कार्यविधि, निर्देशिका, विधेयकको अभावमा स्थानीय तहका प्रभावकारी काम हुन नसकेका कारण स्थानीय बासिन्दाले समस्या खेप्दै आएकामा यसबाट सबै कामकारवाहीमा सहजता हुने भएपछि जनप्रतिनिधिसहित नागरिक खुशी भएका छन् ।

उक्त गाउँपालिकाद्वारा आयोजित खुला तीजगीत प्रतियोगिताका अवसरमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले सो राजपत्रको पहिलो र दास्रो भाग सार्वजनिक गर्नुभएको थियो ।

राजपत्रको खण्ड १ को भाग १ मा विधेयक र कार्यविधि रहेको छ भने भाग दुईमा दुई कार्यविधि, एक विधेयक र दुई निर्देशिका रहेको उहाँले बताउनुभयो । –रासस